बराबरी हैसियत नभए एकता हुँदैन : वाइसिएल


२०७५ बैशाख २ आइतबार १०:५३ बजे
काठमाडौं, २ बैसाख : नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाइसिएलले एमालेसँग बराबरी हैसियतमा मात्र पार्टी एकता हुन सक्ने बताएको छ । वाइसिएलले आफू तल पर्ने गरी एमालेसँग एकता नगर्न समेत पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराएको छ । एकीकृत पार्टीको विधान प्रस्तावनामा जनयुद्ध शब्द नराख्ने हो भने र केन्द्रीय कमिटीमा ५० प्रतिशत हैसियत नपाउने हो भने एमालेसँग पार्टी एकता नगर्न वाइसिएलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण गराइएको जनाइएको छ । वाइसिएका फ्याक्सन इन्चार्ज मणि थापासहित अध्यक्ष प्रचण्डको निवास खुमलटार पुगेर वाइसिएलले समान हैसियतमा एकता गर्न ध्यानाकर्षण गराएको हो । वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले जनयुद्ध विना र बराबरी हैसियत विनाको एकता नस्वीकार्न पार्टी अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराएको बताए । उनका अनुसार वाइसिएलको धारणा नै आम माओवादी नेता–कार्यकर्ता र शुभेच्छुकहरुको पनि धारणा हो भन्दै अध्यक्ष प्रचण्डले समानताको आधारमा सम्मानजनक एकता नै हुने बताएका छन् । वाइसिएल टोलीलाई प्रचण्डले एकताको अधिकतम पहल भइरहेको जानकारी दिएका थिए । माओवादी र एमालेबीच जनयुद्ध शब्द, चुनाव चिह्न र केन्द्रीय समितिमा रहने संख्याको विषयमा विवाद छ । माओवादी नेताहरुले पार्टी एकतापछि केन्द्रीय समितिमा बराबरी संख्यामा भागबण्डा हुनुपर्ने माग राख्दै आएका छन् । यिनै विवादमा कुरा मिल्न नसक्दा यही वैशाख ९ गते हुने भनिएको पार्टी एकता घोषणा पनि अन्योलमा परेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७