३३ किलो सुन प्रकरणमा मुछिएका ‘नेवानि’ का कर्मचारीले हिरासतमै गरे आत्महत्या
गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको नेतृत्वमा गठित समितिले बिहीबार चौधरीलाई नियन्त्रणमा लिएको थियो । उनी नेपाल वायु सेवा निगममा कार्यरत कर्मचारी रहेको प्रहरी स्रोतले बताएको छ । गएको माघ ७ मा काठमाडौं भित्रिएको साढे ३३ किलो सुन गायब भएको थियो । सुन गायब भएपछि तस्कर समूहले उर्लाबारीका सनम शाक्यको हत्या गरेको थियो । प्रहरीले शाक्यको शव विराटनगरबाट बरामद गरेको थियो ।
सुन प्रकरणमा अहिलेसम्म आरके ज्वेलर्सका मालिक राजेन्द्र शाक्यसहित १९ जना पक्राउ परिसकेका छन् । सुन प्रकरणमै प्रहरी संग्लनताको आशंका गर्दै महानगरीय अपराध महाशाखाका एसएसपी दिवेश लोहनीसहितका उच्च प्रहरी अधिकारी पनि शंकाको घेरामा छन् ।
चौधरीलाई बिहीबार गृह मन्त्रालयको टोलीले सिंहदरबार प्रहरी वृत्तमा पठाएको थियो । उनले किन आत्महत्या गरे भन्ने खुल्न सकेको छैन । उनले आफैंले लगाएको ट्रयाक–सुटले घाँटी बेरर पासो लगाई आत्महत्या गरेको बताइएको छ । काठमाडौं प्रहरी परिसरका डीएसपी मोहन थापाले घटनाको पुष्टि गरेका छन् । .gif)

.png)

