निजी स्कुलले २५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने


२०७४ चैत ३० शुक्रबार ०५:४० बजे
काठमाडाैं, ३० चैत । निजी विद्यालयले अब प्रत्येक कक्षाका २५ प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने व्यवस्थ ागर्न सरकारले तयारी थालेको छ ।फाइल तस्बिर । कान्तिपुर दैनिकका अनुसार शिक्षा मन्त्रालयको अनुरोधमा कानून आयोगले अन्तिम रुप दिएको शिक्षाको अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यससम्बन्धी कानुनको मस्यौदा तयार पारिएको हो । आयोग पदाधिकारी, शिक्षा मन्त्रालय, विभागका सहसचिवहरु, कानुन मन्त्रालय र प्रधानमन्त्री काार्यलयका प्रतिनिधिसहितको कार्यदलले बनाएको मस्यौदा गत शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पठाइएको छ । यो विधेयक संसदबाट पारित भएमा निजी विद्यालयले छात्रवृत्ति कोटा बढाउनुपर्नेछ । निजी विद्यालयलाई नियमन गर्न यसअघि निर्देशिका जारी गरिए पनि कार्यान्वयन हुन सकेको छैन । निर्देशिकामा १० प्रतिशतलाई छात्रवृत्ति दिनुपर्ने व्यवस्था थियो । अब भने २५ प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिनेगरी ऐनमै व्यवस्था गर्न लागिएको समाचारमा उल्लेख छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७