सन्दीप राई प्रदेश नम्बर १ को खेलकुद बोर्डको सदस्य नियुक्त
काठमाडौं, राष्ट्रिय फुटबल टोलीका पूर्व उप कप्तान सन्दीप राई प्रदेश नम्बर १ को प्रदेश खेलकुद विकास बोर्डको सदस्य नियुक्त भएका छन् ।
प्रदेश १ का सामाजि विकास मन्त्री राजन राईले बिहीबार सन्दीपलाई प्रदेश खेलकुद विकास बोर्ड नियुक्त गरेका थिए । सुनसरी दुहबीका का स्थायी बासिन्दा सन्दीपले लामो समय थ्री स्टार क्लबबाट व्यवसायिक फुटबल खेलेका थिए ।
थ्री स्टार अघि उनले मनाङ मस्र्याङ्दी क्लब, एनआरटी भारतको मोहम्मडन स्पोर्टिङ क्लबबाट पनि व्यवसायिक फुटबल खेलेका थिए । सन् २००७ बाट झण्डै ८ वर्ष राष्ट्रिय टोलीबाट खेल्दा उनले ३ गोल गरेका थिए ।