काठमाडौंबाट २३ वटा कछुवासहित दुई जना पक्राउ

काठमाडौँ । काठमाडौं महानगरपालिका-६ बौद्ध सिद्धार्थ ओरालो नजिकबाट २३ वटा छत कछुवासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-३ घर भएका २१ वर्षीय रमेश डंगोल र टोखा बस्ने सुनसरी बह्राक्षेत्र नगरपालिका-९ प्रकाशपुर घर भएका २१ वर्षीय अनुराग मगर रहेका छन् ।
उक्त स्थानमा छत कछुवा बिक्री हुँदै गरेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले बिहीबार जाँच गर्ने क्रममा जीबितै कछुवा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।