काठमाडौंमा राँगाले आतंक मच्चाएपछि गाेली हानी मारियो
काठमाडौँ । काठमाडौंमा आतंक मच्चाएपछि एउटा राँगालाई प्रहरीले गोली हानेर मारिएको छ । काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीका अनुसार चन्द्रागिरि नगरपालकिा-४ स्थित गोदाम चौरमा गोली हानेर राँगो मारिएको हो ।
राँगोले आतंक मच्चाएपछि प्रहरीले आज बिहान साढे ७ बजेतिर एक राउण्ड गोली हानी राँगो मारेको उनले जानकारी दिएका छन् । मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।