सत्तारुढ दलको गठबन्धन चुनावकै ‘मजाक’ : राजेन्द्र महत्तो


२०७९ बैशाख १६ शुक्रबार १४:३० बजे


काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोले चुनावकै मजाक हुने गरी सत्तारुढ दलहरूले चुनावी गठबन्धन गरेको टिप्पणी गरेका छन् । नेता महतोले चुनावमा नागरिकले पार्टीलाई मत दिने भए पनि सत्तारुढ दलहरूले गठबन्धनको नाममा चुनाव लडेर गल्ती गरेको आरोप समेत लगाए ।

आज (शुक्रबार) काठमाडौंमा पालिका चुनावलाई लक्षित गर्दै पार्टीको घोषणापत्र सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सत्तारुढ दलहरू चुनावमा जाँदा जनताले कुन पार्टी भनेर बुझ्ने भन्ने प्रश्न समेत गरेका छन् ।

उनले भने, ‘जनतासँग मजाक भइरहेको छ । यहाँका ठूलाबडा पार्टीहरूले जनतासँग गठबन्धन भनेर मजाक गरेका छन् । चुनाव भनेको जनताले आफूले रोजेको पार्टीलाई भोट दिने होइन ? सतारुढ दलहरू चुनावमा जाँदा जनताले कुन पार्टी भनेर मत दिने ? देश र दुनियाँले के बुझ्ने हो ?’

नेता महतोले दलीय प्रणालीमा दलहरू आफै चुनावमा जाने भएकाले आफ्नो पार्टीले गठबन्धन गरेर जाने विषयलाई महत्व नदिएको तर्क गरे । उनले पालिकामा आवश्यकताको आधारमा अन्य दलसँग चुनावी तालमेल गरेर जाने निणर्य गर्ने अधिकार स्थानीय पार्टीलाई दिइएको पनि उल्लेख गरे ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७