राष्ट्रपति भ्लादिमिर पुटिन मार्सल आर्ट खेलाडी


२०७४ चैत ७ बुधबार १३:०१ बजे
काठमाडाैं, ७ चैत्र (बीबीसी) । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन जुडोमा ब्ल्याक बेल्ट हुन् । मार्सल आर्ट खेलको खुबी उनमा धेरै देखिन्छ, त्यो हो छल र आक्रमकता । यस्तो छल र आक्रमता युक्रेनमा फौजी हस्तक्षेप गर्ने फैसला, २०१४ मा क्रिमियालाई रुसमा मिलाउने निर्णय र सिरियामा सरकार विरोधी विद्रोहीहरूमाथि बम वर्षाउने काममा प्रयोग गरेको प्रष्ट देखिन्छ । पुटिनका ती फैसलाले कैयौँ पर्यवेक्षकलाई हैरान पारेको थियो । सिरियामा रुसको हस्तक्षेप गर्ने कुराले बसर अल हसदको सरकारलाई सहारा मिल्यो । ६५ वर्षीय पुटिनले रुसको शक्ति देखाउन कहिल्यै कन्जुस्याइँ गरेनन् र यस्तो गर्ने आफ्नो चाहना नै लुकाए । वर्षौंसम्म रुसलाई अमेरिका र नेटो देशहरूले नजरअन्दाज गरे तर एक पटक अमेरिकामा पुटिनका पुराना साथी येवगेनी प्रिगोेजहिनमाथि २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा हस्तक्षेप गरेको आरोप लाग्यो । रुस–अमेरिका सम्बन्ध पुटिनको सल्लाहमा येवगेनी प्रिगोजहिनले अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्पको पक्षमा माहोल बनाउने कोसिस गरियो भन्ने गरिन्छ । चुनावमा कथित रूपमा धोका दिएको विषय सोसल मिडियामा खुब उचालियो र परिणामतः अमेरिकाले पुटिनका नजिकका कैयौँ अफिसरमाथि धेरै प्रतिबन्धहरू लगायो । मार्च २०१४ पछि युुक्रेनमा रुसको सैनिक हस्तक्षेपलाई लिएर युरोपियन सङ्घ र अमेरिकाले केही प्रमुख रुसी अधिकारीहरू र कम्पनीमाथि प्रतिबन्ध लगायो । यी प्रतिबन्धका कारण पुटिनका कैयौँ सहयोगीहरू पश्चिमा देशहरूको यात्रामा रोक लागेको छ र उनको व्यापारमा यसको असर परेको छ । राष्ट्रपति ट्रम्पले सार्वजनिक रूपमा नै पुटिनलाई मन पराउने र रुससँग अमेरिकाको सम्बन्ध सुधार्न चाहेको कुरा बताइसकेका छन् । तर केही मानिसहरू अमेरिका–रुस सम्बन्धमा आएको खटपटलाई नयाँ शीत युद्ध भनिरहेका छन् । दुवै देशहरूको बीच अविश्वास पहिलेभन्दा बढी सुदृढ भएको पनि भनिँदै छ । रणनीतिक साझेदारी अवस्था कस्तो छ भने रुस र युरोपियन युनियनको रणनीति साझेदारी पनि छैन । पश्चिमी देकश पुटिनलाई पूर्र्वी युक्रेनमा रुस समर्थक विद्रोहीहरूलाई हतियार र सैन्य सहयोग गरेको आरोप लगाउँछन् । यद्यपि पुटिनले केही रुसी मानिस आफ्नो मनमर्जीले ती विद्रोहीलाई सहयोग गर्न त्यहाँ गएको कुरा मात्र स्वीकारेका छन् । युक्रेनको आन्तरिक मामलामा हस्तक्षेप गरेको आरोप लगाए पुटिन भड्किन्छन् । उनको भनाइ छ, युक्रेनमा सत्तापलट हुँदा बाध्य भएर तत्कालीन राष्ट्रपति विक्टर यानुकोबिच भागेर फेब्रुअरी २०१४ मा रुस आएका थिए । युक्रेन सङ्कटभन्दा पहिला पुटिनले सोभियत सङ्घ पतनाई २०आैं शताब्दीको सबैभन्दा ठूलो महाविनाश भनेका थिए । रुसका गाउँगाउँसम्म इन्टनेटको विस्तारलाई पुटिनले विरोध गरे । कष्टकर बाल्यकाल भ्लादिमिर पुटिनको बाल्यकाल लेनिनग्राद (अहिलेको सेन्ट पिर्टसबर्ग)मा यस्तो माहोलमा भएको थियो, जहाँ स्थानीय केटाहरूबीच मारकाट साधारण कुरा थियो । यीमध्ये कैयौँ केटा पुटिनभन्दा ठूला र धेरै सङ्ख्यामा हुन्थे । यही कुराले पुटिन जुडो सिक्न थाले । क्रेमलिनको वेबसाइडका अनुसार पुटिन आफ्नो स्कुलको पढाइ पूरा गर्नुभन्दा पहिला नै सोभियत गुप्तचर सेवामा समावेश हुन चाहन्थे । अक्टुबर २०१५ मा पुटिनले भनेका थिए, ५० वर्ष पहिला लेनिनग्रादका सडकहरूले मलाई एक नियम सिकाएका थिए । यदि लडाइँ हुने निश्चित छ भने पहिलो मुक्का प्रहार गर । त्यसको अर्थ के थियो भने रुसमा चरमपन्थीको हमला पर्खनुभन्दा राम्रो सिरियामा उनीसँग लड्नुपर्छ । पुटिन सडकमा लडाइँ गर्ने आवाराहरूले प्रयोग गर्ने शब्द बोलेको पनि सुनियो ।चेचेन्यामा अलगाउवादी विद्रोहीविरुद्ध रुसी सेनाको कारवाहीको समर्थन गर्दै पुटिनले उनलाई ट्वाइलेटसम्म सफा गराउने कसम खाएका थिए । मुस्लिम बाहुल्य नर्थ ककेससको इलाकामा १९९९–२००० को समयमा ठूलो लडाइँले ध्वस्त भएको थियो । यसमा हजाराैं मानिस मारिएका थिए । पुटिनले जर्जियामा एक अर्को मोर्चा खोले । सन् २००८ मा रुसी सेनाले जर्जियाई सेनालाई लखेटे र अबकाजिया र साउथ असेटियामाथि कब्जा गरे । त्यो समयमा जर्जियाका तत्कालीन नेटा समर्थक राष्ट्रपति मिखाइल साकासविलीसँग पुटिनको कटुता बढेको थियो । यसबाट सोभियत सङ्घका पहिलेका घटक देशहरूमा पश्चिमी समर्थक नेताहरूसँग बदला लिन पुटिन तयार छन् भन्ने लागेको थियो । भ्लादिमिर पुटिन : जासुसदेखि राष्ट्रपतिसम्मको यात्रा १९५२ अक्टुबर ७ मा लेनिनग्राद (अहिलेको सेन्ट पिटर्सबर्गर)मा पुटिनको जन्म भएको थियो । उनले कानुन पढे । यसपछि सुरक्षा एजेन्सी केजीबीसँग जोडिए । पुटिनले साम्यवादी पूर्वी जर्मनीमा जासुी गरे । सुरक्षा एजेन्सी केजीबीका केही सहयोगी पुटिन युगमा माथिल्ला पदहरूमा पुगे । १९९० यो दशकमा सेन्ट पिटर्सबर्गका मेयर एन्टोनी सोबचकले पुटिनलाई कानुन पढाएका थिए । १९९७ पुटिन रुसको पहिलो राष्ट्रपति बोरिस यल्तसिनको सरकारमा गए । उनलाई सङ्घीय सुरक्षा सेवाको प्रमुख बनाइयो । १९९९ मा यल्तसिनले राष्ट्रपति पदबाट राजीनामा दिए र पुटिनलाई कार्यवाहक राष्ट्रपति बनाए । २००० भ्लादिमिर पुटिनले राष्ट्रपतिको चुनाव सजिलै जिते । २००४ मा पुन राष्ट्रपति बने । तेस्रो पटक रुसी संविधान अनुसार उनी राष्ट्रपति चुनाव लड्न पाउँदै थिए तर उनी प्रधानमन्त्री बने । २०१२ मा तेस्रो पटक राष्ट्रपति चुनामा विजयी भए । माचो म्यान र दयालु स्वभावका पुटिन पुटिन माचो म्यानजस्तै जीवनको आनन्द लिन्छन् । उनी सन् २००० मा चुनावको समयमा फाइटर जेट उडाएका थिए । २०११ मा बाइक फेस्टिबलमा पुटिनले स्पोर्टस बाइक चलाएर भाग लिए । द नाइट बुल्फ बाइकर्स ग्याङले २०१४ मा पूर्वी युरोपमा काला सागरको क्रिमिया प्रायद्वीपमा कब्जा गर्न महत्वपूर्ण भूमिका खेलेको थियो । यो ग्याङले त्यो समयमा देशभक्तिपूर्ण भावना फैलाउने काम गरे । कुकुरलाई माया गरेको र लोपोन्मुख अमुर बाघको प्रजातिको हेरचाह गर्दै गरेको पुटिनको फोटा रुसी मिडियामा उनको छवि एक दयालु मानिसको रूपमा स्थापित भयो । पुटिनकी छोरी रोयटर्स न्युज एजेन्सीको सर्वेक्षणले के थाहा जनाएको भने छ भने पुटिनकी कान्छी छोरी कातेरिनालाई पढाइको समयमा नै मस्को स्टेट युनिभर्सिटीमा शीर्ष प्रशासनिक पदमा नोकरी दिइएको थियो । उनी डान्स प्रतियोगितामा पनि भाग लिन्छन् । पुटिनकी जेठी छोरी मारिया पनि शिक्षाक्षेत्रमा काम गरिरहेकी छिन् । उनी बायोलोजीमा विशेषज्ञता हासिल गर्दै छिन् । रोयटर्सको सर्वेक्षण अनुसार पुटिनका नजिकका मानिसका छोराछोरी ठूलठूला पदमा नोकरी गर्छन् । रुसमा भ्रष्टाचार विरोधी अभियानका नेता अलेक्सी नवलानीले पुटिनको सरकारलाई नयाँ सामन्ती प्रणालीको तक्मा दिएका छन्, जुन समाजमा एक सानो समूहले सम्भ्रान्त मानिसहरूको चिन्ता गर्छ । रुसी सहर सोचीमा २०१४ मा भएको विन्टर ओलम्पिकमा पुटिन कालको भव्य प्रदर्शन गरिएको थियो । यस आयोजनामा करिब नेपाली रु ५३ खरब खर्च गरिएको थियो, जुन खर्च ओलम्पिक खेलको इतिहासमा अहिलेसम्मको सबैभन्दा बढी खर्च हो । पुटिनलाई जुडा र हिउँमा हक्की खेल्न मन पर्छ । टेशको टिभी च्यानलले उनले हिउँमा खेलेको हक्कीलाई धेरै देखाएको थियो । पुटिन, राष्ट्रवाद र मिडिया लामो शासनपछि पनि मानिसहरू उनलाई मन पराउँछन् । रुसी मिडियाका अनुसार पुटिनको लोकप्रियता यस्तो छ, जुन पश्चिमी नेताहरूका लागि केवल सपना हुन सक्छ । रुसी मिडियामा पुटिनको राष्ट्रवादी अनुहार छाएको हुन्छ । त्यहाँका मिडियामा उनको पक्षमा समाचार धेरै देख्न मिल्छ । यही कारणले उनीप्रति हुने आलोचनाका आवाज दबिन्छन् । २०१२ मा उनले तेस्रो पटक राष्ट्रपतिको चुनाव जिते । यसभन्दा पहिला राष्ट्रपति दिमित्री मेदवेदेवको कार्यकालमा उनी प्रधानमन्त्री भएका थिए तर पनि सत्तामा उनको हस्तक्षेप कम थिएन । उनका दुई कार्यकालमा रुसले तेल र ग्यासको निर्यातले धेरै कमायो । रुसी नागरिकहरूको रहन सहनमा धेरै सुधार भयो । २००८ पछि भूमण्डलीकरणको मन्दीको असर रुसको अर्थव्यवस्थामा नराम्रोसँग पर्यो । रुस सोभियत कालपछि सबैभन्दा ठूलो सरकार विरोधी आन्दोलनको साक्षी बन्यो । आन्दोलनमा समावेश भएका विरोधीमध्ये कतिलाई जेल पठाइयो भने कतिलाई पछाडि पारियो । यसको शिकार पुटिनका मुख्य विपक्षी नेता अलेक्सी नावलनी पनि भए । अलेक्सीले ठूलो मात्रामा भ्रष्टाचारको पर्दाफास गरेर पुटिनको विरोध गरे र उनको पार्टी युनाइटेड रसियालाई बदमासहरूको र चोरहरूको पार्टी भनियो ।  'मानवअधिकार हनन' पुटिनको तेस्रो कार्यकाल रूढीवादी रुसी राष्ट्रवादको रूपमा देखियो। कट्टरपन्थी गिर्जाघरको प्रभावमा कैयौँ प्रतिबन्धहरू लगाइए। समलैङ्गिकताबारे सन्देश फैलाइरहेका समूहहरूमाथि रोक लगाउनेमा गिर्जाघरले समर्थन जनायो। राष्ट्रपति बनेपछि पुटिनले उदारवादीहरूलाई हटाउँदै कट्टरपन्थी साझेदारहरू वा तटस्थ देखिएका तर आफ्नो कुरा मान्नेहरूलाई नियुक्त गरे। कुनै बेलाका विश्वकै सबैभन्दा धनाढ्य व्यापारी मिखाइल खोडोर्कोभ्स्की र पुटिनविरोधी ुपुसी राइटु नामक सांगीतिक समूहका अभियानकर्मीहरूलाई जेल हालिएपछि त्यसले अन्तर्राष्ट्रिय स्तरमै रुसी मानवअधिकारको अवस्थामा बारे चासो उत्पन्न गराएको थियो। सन् २००६ मा उनका विरोधी एलेक्जेन्डर लिटभिन्कोलाई रेडियो विकिरणयुक्त विष दिएर मारिएपछि ब्रिटेनसँगको पुटिनको सम्बन्ध ब्रिगिन पुग्यो। उनको हत्या रुसी एजेन्टहरूले गरेको आरोप लागेको थियो। यसलाई विश्वमञ्चमा रुसको नयाँ हठको थप प्रमाणका रूपमा हेरिएको थियो।  

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७