प्रजातन्त्र कसैलाई दिने अनुदान होइन : ज्ञानेन्द्र शाह


२०७८ फाल्गुण ६ शुक्रबार २१:२१ बजे

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले ७२ औं प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिंदै प्रजातन्त्र कसैले कसैलाई दिने दान अनुदान नभएको बताएका छन् ।

प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा सन्देश दिंनै उनले भनेका छन्, ‘प्रजातन्त्र कसैले कसैलाई दिने दान अनुदान होइन । त्यो व्यवस्था त आफ्नै आचरण र अभ्यासबाट फल्दै फुल्दै जाने प्रणाली हो । अरुले ओढाई दिएको असमानमुनि छिरेर ओभानो बन्ने र धरातलका मान्यतालाई भुल्ने परिपाटी प्रजातन्त्र हुन सक्दैन । जनतालाई भोक, रोग र शोकमा राख्नु प्रजातन्त्र होइन ।’

उनले थप लेखेका छन् । ‘आफ्नो देशको प्रकृति र परिवेशबाट पृथक भएर बाहिरी लोभ, प्रलोभनमा पर्नु पनि प्रजातन्त्र होइन । आफ्नो देशको प्रकृति र परिवेशबाट पृथक भएर बाहिरी लोभ र प्रलोभन पनि प्रजातन्त्र होइन । प्रजातन्त्र निर्देशित र नियन्त्रित हुँदैन । त्यो स्वतःस्फुर्त एवम् लोकसम्मत हुन्छ र हुनु पर्दछ । अलमलिएको सरकार, भत्किएको संसद, बिग्रिएको न्यायालय, भाँडिएको निर्वाचन प्रणाली र विभाजित समाजको चक्रव्युहले प्रजातन्त्रलाई कता पुर्‍याई रहेको छ, विचारणीय प्रश्न छ ।’
हेर्नुस् विज्ञप्ती

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७