कांग्रेस नेतृत्वको एकल सरकारले संघीयता अझ सुदृढ बनाउन सक्छ : मन्त्री सिंह


२०८१ पौष ६ शनिबार ००:१८ बजे

मकवानपुर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली कांग्रेस नेतृत्वको एकल सरकारले सङ्घीयतालाई अझ सुदृढ बनाउन सक्ने बताएका छन् । निर्माणाधीन गणेशमान सिंह राजमार्गको आज निरीक्षण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री सिंहले वर्तमान सरकार सङ्घीयतालाई सबल बनाउन क्रियाशील रहेको बताए ।

उनले गुणस्तरीय निर्माण विशेष ध्यान दिन सम्बन्धित निकायका अधिकारीहरुलाई निर्देशन पनि दिए । काठमाडौँको थानकोटदेखि मकवानपुरको थाहा नगरपालिका–९ सम्म उक्त मार्ग निर्माणाधीन छ ।  यसैबीच, थाहा नगरपालिका–९ का नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई भेटेर नेता सिंहले नेपाली कांग्रेसको नेतृत्वमा संसदीय प्रजातान्त्रिक व्यवस्था संस्थागत भएको बताउँदै पार्टी कार्यकर्ताहरुले जनताका घरदैलोमा पुगेर सङ्गठनलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।

उपप्रधानमन्त्री सिंहले नेपाली कांग्रेसको नेतृत्वमा मुलुकमा राजनीतिक परिवर्तन भएको भए पनि जनताको आर्थिक स्थिति उकास्न कांग्रेसले आगामी निर्वाचनमा बहुमत प्राप्त गर्न आवश्यक रहेको बताए । उनले जनताका विकासका चाहना पूरा गर्न पार्टी नेता तथा कार्यकर्ता एकजुट हुनुपर्नेमा जोड दिए । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले गुट उपगुटमा पार्टी कार्यकर्ता विभक्त हुन नहुने बताए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७