बाजुरा भूकम्पले १२३ घरमा क्षति


२०८१ पौष ६ शनिबार ०६:४५ बजे

बाजुरा । बाजुरामा आज (शनिबार) बिहान गएको भूकम्प एउटै वडामा १२३ घरमा क्षति पुगेको छ । बिहान सवा ४ बजे ५.२ म्याग्नेच्युडको भूकम्पको केन्द्रबिन्दु जगन्नाथ गाउँपालिका–५ मा १२३ घरमा क्षति पुगेको वडाध्यक्ष गौरी सार्कीले जानकारी दिए । वडाध्यक्ष सार्कीको संयोजकत्वमा वडाको बैठक बसेर शनिबार बिहानदेखि विवरण संकलन गरिएकोमा १२३ घरमा क्षति पुगेको पाइएको उनले बताएका छन् । क्षति पुगेको घरको विवरण संकलन गरी माथिल्लो निकायमा पठाउने तयारी छ । 

बाजुराका प्रमुख जिल्ला अधिकारी  मेघनाथ पाध्याले भूकम्पबाट सबै ठाउँमा गरी डेढ सय बढी घरहरूमा क्षति पुगेको बताए । तीमध्ये बस्नै नसक्ने १५ वटा जति घरहरू रहेको बताएका छन् । विवरण संकलनको काम पनि अझै नसकिएको उनले बताए । बस्नै नमिल्ने घरका मानिसहरूलाई सामान्य क्षति भएका घरहरूमा बस्ने व्यवस्था मिलाउन गाउँपालिका र वडाध्यक्षलाई आग्रह गरिएको उनले बताए । 

स्थानीय सरकारलाई क्षतिको विवरण पठाउन पनि भनिएको प्रजिअ पाध्याले बताए । बाटोका कारण तत्काल राहत पुर्‍याउन सक्ने अवस्था नरहेको जानकारी दिंदै उनले भने, ‘विवरण मागेका छौं । बस्नै नहुने घरका मानिसहरूलाई व्यवस्थापन गर्न जनप्रतिनिधिहरूलाई भनिरहेकै छौं । विवरण आएपछि राहतको काम अघि बढ्छ ।’ वडा नम्बर २,३ र ४ मा पनि केही घरहरू भत्किएको र जोडिएको बुढीनन्दा नगरपालिकामा पनि केही घरमा क्षति पुगेको प्रजिअ पाध्याले जानकारी दिए ।  

यस्तो छ क्षति विवरण
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७