साउदीमा ३० महिला रेल चालकको जागिरका लागि २८ हजारको आवेदन
काठमाडौं । साउदी अरबमा हालै ३० महिला रेल चालकका लागि रोजगारीको अवसर खुलेको थियो । तर आश्चर्यजनक यसले २८ हजार आवेदकहरुलाई आकर्षित गरिसकेको छ । महिला स्वतन्त्रता र रोजगारी सम्बन्धी पछिल्लो समय साउदीले नियमहरु खुकुलो बनाइरहँदा यस्ता मागहरु पनि देखा पर्न थालेका हुन् ।
यो पद खुलाउने स्पेनी रेलवे सञ्चालक रेनफेका अनुसार उमेदवारहरुको सङ्ख्या घटाउनकै लागि योग्यतामा अङ्ग्रेजी भाषाको क्षमता पनि उल्लेख गरिएको थियो । र यसले वास्तवमै आधाले आवेदकहरु घटाउन सफल भएको बताइएको छ ।
यसमा चुनिने ३० महिलाहरुले मेका र मेडिना शहरबीच बुलेट ट्रेनहरु चलाउने छन् । यसरी लोकल व्यवसायमा महिला कर्मचारीहरुका लागि पनि रोजगारी सिर्जना गर्न आफूहरु उत्साहित भएको यसअघि रेन्फेले बताएको थियो । हाल देशभरमा यस्ता ८० पुरुष चालक रहेका छन् ।
केही वर्ष अगाडिसम्म पनि साउदीमा महिलाहरुलाई शिक्षिका या मेडिकल कामदार जस्ता एकदम सीमित क्षेत्रमा मात्र संलगन हुन दिइन्थ्यो ।
तर पछिल्लो पाँच वर्ष त्यहाँको कार्यक्षेत्रमा महिलाहरुको सहभागीता झन्डै दुई गुणाले बढेको छ । अर्थतन्त्रलाई विविध बनाउँदै लैजाने राजकुरमार सलमानको लक्ष्यअनुरुप अहिले पुरुष या आप्रवासीलाई मात्र सिमित गरिएका क्षेत्रमा महिलाहरुले पनि काम गर्न थालेका छन् । तर अझै पुरुषको तुलनामा कम नै देखिन्छन् । गार्जियन