पाकिस्तानका पूर्व कप्तान हाफिजले गरे सन्यासको घोषणा


११:१९ बजे

काठमाडौं । पाकिस्तानका अलराउन्डर तथा टीमका पूर्व कप्तान मोहम्मद हाफिजले अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिने घोषणा गरेका छन् । पाकिस्तानका लागि ५५ टेस्ट, २१८ वानडे र ११९ टी-२० खेलेका हाफिजले १८ वर्षअघि सन् २००३ को ३ अप्रिलमा शारजाहमा जिम्बाव्वेविरुद्ध डेब्यू गरेका थिए ।

पाकिस्तान क्रिकेट बोर्डको तर्फबाट जारी वक्तव्यमा हाफिजले भनेका छन्, ‘म आज गर्व र सन्तुष्टिका साथ अन्तर्राष्ट्रिय क्रिकेटलाई बिदा गर्दैछु । वास्तवमा मैले आफ्नो अपेक्षाभन्दा धेरै उपलब्धि हासिल गरेको छ । म मेरा समकक्षी खेलाडी, कप्तान, स्पोर्ट स्टाफ र पाकिस्तान क्रिकेट बोर्डलाई धन्यवाद दिन चाहन्छु जसले मेरो करियरमा मद्दत गरे ।’

हाफिसले आफ्नो लामो करियरमा पाकिस्तानका लागि सन् २००७, २०११ र २०१९ को तीन विश्वकप खेले भने ६ वटा टी-२० विश्वकपमा भाग लिए । उनले तीन च्याम्पियन्स ट्रफी पनि खेलेका छन् । उनले ५५ टेस्टमा १० शतक र १२ अर्ध शतकसहित ३ हजार ६५२ रन बनाए भने २ सय १८ एक दिवसीय खेलमा ११ शतक र ३८ अर्ध शतकसहित ६ हजार ६१४ रन बनाए । टी-२० का ११९ खेलमा उनले १४ अर्ध शतकसहित २ हजार ५ सय १४ रन बनाएका छन् । टेस्टमा उनले ५३, वानडेमा १ सय ३९ र टी-२० मा उनले ३१ विकेट लिन सफल भए ।

https://twitter.com/TheRealPCB/status/1477885657271910403?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1477885657271910403%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fratopati.com%2Fstory%2F214215%2F2022%2F1%2F3%2Fmohammed-hafeez-

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७