ताराखोला सिले गाउँका घर-घरमा खानेपानी


१३:२४ बजे

बागलुङ । बाग्लुङको ताराखोला गाउँपालिका-२ सिले गाउँका घरघरमा खानेपानीको धारा पुगेको छ । दुई दशकभन्दा अगाडिदेखि सञ्चालित खानेपानीको व्यवस्थापन राम्रो नहुँदा यहाँका स्थानीयले समस्या भोग्दै आएका थिए ।

खानेपानीको समस्या पर्न थालेपछि ताराखोला गाउँपालिका र नेपाल स्वास्थ्यका लागि पानी ९नेवा०को सहयोगमा सिलेका घर घरमा पुगेको छ । एउटा धारोबाट दश/बाह्र घरले पानी उपभोग गर्दै आएकोमा अहिले गाउँको हरेक घरमा एक घर एक धारा निर्माण भएको छ । ५७ घर रहेको सो गाउँमा ५७ धारा बनेका छन् ।

नयाँ धारो निर्माण हुनुभन्दा पहिले गाउँमा खानेपानीको अभाव भएको स्थानीय जैमती घर्ती मगरले बताइन् । उनले पुरानो धारा जीणर् भएको र उक्त धाराबाट १०/१२ घरकाले पानी प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्मरण गरिन् । सिले वासमर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष मोतिलाल रोका मगरले पुरोना खानेपानी योजना जीणर् बनेपछि गाउँमा पानी समस्या बन्दै गएको र त्यसको समाधानका लागि नेवासँग माग गरि समाधान गरेको जानकारी दिए ।

गाउँमा एक घर एक धारा निर्माण भएपछि स्थानीयलाई ठूलो राहत मिलेको छ । नेवाका कार्यक्रम अधिकृत विनोद कोइरालाले गाउँमा खानेपानीको समस्या भएपछि आफूहरुलाई सहयोगका लागि आग्रह गरेको र गत वर्षदेखि आयोजना सुरु गरेको जानकारी दिए । सो आयोजना रु ३७ लाख ३५ हजार ८२७ को लागतमा निर्माण सम्पन्न भएको जनाइएको छ ।

नेवाको २० लाख ४१ हजार ३२९, ताराखोलाको रु छ लाख र समुदायको रु एक लाख ९० हजारको जनश्रमदानमा आयोजना सम्पन्न भएको होे । सिले गाउँका ५७ घर धुरीमा ५७ धारा निर्माण गरिएको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए । रासस

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७