प्रधानसेनापति भारत प्रस्थान


०५:५७ बजे

काठमाडौं, २३ कात्तिक । प्रधान सेनापति प्रभुराम शर्मा औपचारिक भ्रमणको सिलसिलामा आज (मंगलबार) भारत प्रस्थान गरेका छन् । भारतका स्थल सेनाध्यक्ष जनरल एम एम नरवणेको औपचारिक निमन्त्रणामा उनी ९ सदस्यीय भ्रमण दलकासाथ दिल्लीतर्फ प्रस्थान गरेका हुन् । नेपाली सेनाको मध्य एयर बेश, गौचरमा उनलाई बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाई गरेका थिए ।

भारत प्रस्थान गर्नुपूर्व प्रधान सेनापति शर्मालाई सोमबार जंगी अड्डामा सम्मान गारत अर्पण गरिएको थियो । उक्त औपचारिक बिदाई कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र अन्य सैनिक सहचारीहरुको पनि उपस्थिति थियो । प्रधान सेनापतिको नियुक्ति पश्चात शर्माको यो पहिलो विदेश भ्रमण हो । यस भ्रमणको दौरानमा प्रधान सेनापति शर्मालाई कार्तिक २४ गते भारतका राष्ट्रपति राम नाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्हबाट सुशोभन गर्ने कार्यक्रम रहेको छ ।

यस्तै शर्माले विभिन्न भारतीय उच्च पदस्थ पदाधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम पनि रहेको छ । उनले आजै भारतीय रक्षा सचिव अजय कुमार, भारतीय चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत, भारतीय सेनाध्यक्ष जनरल एम एम नरवणे र भारतीय वायु सेनाध्यक्ष एयर चिफ मार्शल भि आर चौधरीसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

प्रधान सेनापति शर्माको भारत भ्रमणको अवधिभर बलाधिकृत रथी बालकृष्ण कार्कीले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने सेनाले जनाएको छ । शर्मासहितको भ्रमणदल कार्तिक २६ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७