झापा गोल्डकप: थ्रीस्टार क्लवलाई हराउँदै झापा ११ फाइनलमा


२०७४ फाल्गुण २५ शुक्रबार २३:०५ बजे
  झापा: घरेलु मैदानमा रुस्लान थ्रीस्टार क्लवलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै झापा ११ ले फाइनलको यात्रा तय गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी झापा गोल्डकपको तेस्रो संस्करणअन्तर्गत आज भएको पहिलो सेमिफाइलन खेलमा थ्रीस्टारलाई पराजित गर्दै झापा ११ फाइनलमा पुगेको हो । निर्धारित समय गोलरहित बराबरी भएपछि प्रतियोगिताको निर्णय टाइब्रेकरबाट लिइएको थियो । झापाका तर्फबाट योगेश गुरुङ, कर्ण लिम्बू, भुषण सुब्बा र देबेन्द्र तामाङले गोल गरेका थिए । विश्वास श्रेष्ठको प्रहार भने थ्रीस्टारका गोलरक्षक एलेन न्यौपानेले रोकेका थिए । यता थ्रीस्टारका बुद्ध चेम्जोङ र सुनिल बलको प्रहार झापाका गोलरक्षक किशोर गिरीले रोकेका थिए । प्रतियोगिताको म्यानअफ दि म्याच झापाका देवेन्द्र तामाङ घोषित हुँदै रु २५ हजार प्राप्त गरेका छन् । शनिबार विभागीय टोली त्रिभुवन आर्मी र मनाङ मस्र्याङ्दी क्लबबीच दोस्रो सेमिफाइनल हुनेछ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७