ओली अहंकारको घोडामाथि छन्, पार्टी विभाजनको मोडमा : माधव नेपाल


२०७८ भदौ १ मंगलबार ११:४४ बजे

काठमाडौं, १ भदौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले विभाजनको मोडमा उभिएको बताएका छन् ।
उनले आज (मंगलबार) आफू पक्षीय ६ वटा जनवर्गीय संगठनको भर्चुअल बैठकमा काठमाडौंबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कार्यकर्तालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले ओली विदेशीसामु लम्पसार परेको र नेपाली स्वाभिमानले शीर निहुर्‍याउने अवस्थामा पुर्‍याएको बताए ।

‘एमाले विभाजनको मोडमा उभिएको छ । विभाजनको दिशातर्फ लैजान केपी ओली लागिपर्नु भएको छ, एकतावद्ध गर्न चाहनु भएको छैन । पदीय दायित्व पूरा गर्नु भएन । अहंकारको घोडामा सवार हुनुहुन्छ’, नेपालले भने । उनले ओलीकै कारण गणतन्त्र धरापमा परेको बताएका छन् । उनले अहिले सम्बोधन गरिरहेका छन् ।

नेता नेपालले पार्टीलाई एकतावद्ध बनाउने, गतिशील र लोकप्रिय बनाउने कुरामा, कार्यकर्तामा न्यायको अनुभूति दिलाउने कुरामा ओली पूरै असफल भएको बताएका छन् । ‘पार्टीलाई बलियो बनाउन उनको ध्यान गएन । ओलीको ध्यान उनले चलाएको सानो गुट मदन भण्डारी फाउन्डेसनमा केन्द्रित छ’, नेपालले भने, ’उनलाई गुटको चिन्ता छ । बृहत् कम्युनिष्ट आन्दोलनबारे उनलाई चिन्ता छैन । आफ्नो पद कसरी जोगिएला भन्ने मात्रै उनलाई चिन्ता छ ।’

नेता नेपालले सर्वोच्च अदालतले गरेको संविधानको व्याख्यालाई ओलीले अवमूल्यन गरेको बताए । ‘ओलीले दुई पटक संसद विघटन गरे । अल्पमतमा परेपछि फेरि बहुमत छ भनेर व्याख्या गरे’, उनले भने, ‘ओलीले राम्रो उदाहरणलाई ग्रहण गरे हुन्थ्यो । तर गलत तरिका अवलम्बन गर्दै पद लम्याउने काममा जुटेका छन् ।’

नेपालले ओलीका लागि पद नै सबैथोक भएको आरोप लगाए । ‘ओलीका लागि पद नै सबै थोक भएको छ । पार्टीमा पदको लडाइँ होइन, दुईटा विचार समुहको लडाइँ हो’, उनले भने, ‘केपी ओली दक्षिणपन्थी बाटोमा लागे, राष्ट्रियताको सवालमा उनी आत्मसमर्पणवादी भएका छन् । उनमा व्यक्तिवाद हाबी भयो ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७