आफू अल्पमतमा परेपछि अध्यक्ष ओलीले पोलिटब्युरो कमिटी नै खारेज गर्नु भएछ : डा. विजय पौडेल


२०७८ श्रावण २७ बुधबार ०८:१९ बजे

काठमाडौं, २७ साउन । नेकपा एमालेका पोलिटब्युरो सदस्य डा. विजय पौडेलले अध्यक्ष केपी शर्मा ओलीले विधान संशोधन गरी पोलिटब्युरो कमिटी नै नराख्ने निर्णय गराएकामा रोष व्यक्त गरेका छन् ।

केन्द्रीय कमिटीमा झिनो बहुमत भए पनि पोलिटब्युरोमा आफू अल्पमतमा परेकाले ओलीले नयाँ विधानमा पोलिटब्युरोको व्यवस्था हटाएको डा. पौडेलको दाबी छ ।

‘संयोग त्यस्तै पर्‍यो, केन्द्रीय कमिटीमा झिनो बहुमत भए पनि पोलिटब्युरोमा केपी ओली र उहाँको टिम अल्पमतमा पर्‍यो । यसैले उहाँले पोलिटब्युरोको बैठक राख्नै चाहनु भएन, राखिएको एउटा बैठक बीचैमा रोकियो, सम्पन्न नै गरिएन’, पोलिटब्युरो सदस्य पौडेलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अहिले आएर नयाँ विधानमा पोलिटब्युरो नै नराख्ने प्रावधान राख्नु भएछ ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७