कार्यदलको वैठक चल्दा–चल्दै बाहिरिए शंकर पोखरेल, भन्छन्, ‘प्रयास जारी छ’


१३:३० बजे

काठमाडौं, २५ असार । नेकपा एमालेको एकता जोगाउन अहिले सिंहदरबारमा कार्यदलको वैठक चलिरहेको छ । आज मध्यान्ह् १२ बजेदेखि जारी बैठकमा सहमतिको प्रयास भइरहेको कार्यदलका सदस्य शंकर पोखरेलले जानकारी दिएका छन् । बैठक चल्दा चल्दै बाहिरिएका पोखरेलले सञ्चारकर्मीलाई संक्षिप्त जवाफ दिँदै आफूहरू सहमतिका लागि अधिकतम प्रयास गरिरहेको बताएका छन् ।

‘हामी अधिकतम प्रयास गरिरहेका छौं । सम्भवतः आजै टुङ्याउँछौं’, उनले भने । कार्यदलका सदस्यहरूले आफ्नो तर्फबाट ‘एजेण्डा’ मा लगभग सहमति जुटिसकेको र त्यसलाई ‘फाइनलाइज’ गर्न मात्र बाँकी रहेको बताउँदै आएका छन् । बुधबार राति एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालबीच भेटवार्ता भएको थियो । तर ‘पावर सेयरिङ’ मा सहमति हुन नसकेपछि वार्ता निष्कर्षविहीन बनेको थियो ।

कार्यदलका सदस्यहरूले छलफलहरू सकारात्मक रहेको बताइरहेका छन् । तर, बिहीबार कार्यदलका अर्का सदस्य घनश्याम भुसालले भने १० दिनदेखि खासै प्रगति हुन नसकेको बताएका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७