वरिष्ठ अधिवक्ता दाहालको प्रश्न : सांसद उपस्थित भएर हस्ताक्षर बुझाएका छन्, अझै दावी पुगेन ?


०६:२८ बजे

काठमाडौं, २१ असार । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आज (सोमबार) पनि बहस भइरहेको छ ।
आजको बहसमा वरिष्ठ अधिवक्ता हरिहर दाहालले महान्यायाधिवक्ताले गरेको तर्कको खण्डन गरेका छन् ।

‘अहिलेसम्म दिइएको छ, राष्ट्रपति कार्यालयले मानेको पनि छ’, उनको तर्क छ, ‘महान्यायाधिवक्ताले धम्की दिने ? राष्ट्रपतिसमक्ष दुईवटा दाबी परेका थिए । एउटा दाबीलाई ध्यानै दिनुहुन्न अर्कोलाई हेरेर दुवै खारेज गरिदिनुु हुन्छ । सांसदहरुको हस्ताक्षर कुन धारा अन्तर्गत परेको छ, त्यो ख्याल गर्नु पर्दैन ? दावी पुगेन र ? के भनेको त्यो ? प्रत्येक सांसद उपस्थित भएका छन् । हस्ताक्षर गरेर बुझाएका छन् । अझै दावी पुगेन ?’

दलकै कुरा मान्ने हो भने ७६ (२) नै रहेको तर्क गर्दै उनले सांसद स्वतन्त्र रहेर पनि संसद् जोगाउन सकिन्छ भनेर ७६ (५) राखिएको बताए । ‘महान्यायाधिवक्ताले हचुवा कुरा गर्नुभयो । उहाँले अदालतमा बुझाएको हस्ताक्षर कीर्ते भन्नु भएको छ । यस्तो कागजातलाई उहाँले कसरी कीर्ते भन्न सक्नु भयो ? एमालेका २६ जनाले हस्ताक्षर गरेका छन् यहीं उपस्थित भएर । यसलाई पनि कीर्ते भन्ने ? कीर्ते भएको हो भने राज्यका तर्फबाट मुद्दा अभियोजन गर्ने अन्तिम अधिकार महान्यायाधिवक्तालाई छ । उहाँले हचुवा आरोप लगाउन मिल्दैन । उहाँ हचुवा आरोप लगाउने पदमा हुनुहुन्न ।’

महान्यायाधिवक्ताले अर्कै प्रयोजनका लागि हस्ताक्षर गरिएको भन्दै कुन प्रयोजनका लागि गरिएको हो ? भनेर किन नखुलाएको भन्दै प्रश्न गरेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७