काठमाण्डौं, १३ फागुन : पार्टी एकीकरणको सम्झौता गरिसकेका नेकपा एमाले र नेकपा माओवादीले संयुक्त पार्टी दस्तावेज बनाउने भएका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा पार्टीको दस्ताबेज तयार पार्न तयारी शुरु गरेका हुन् । पार्टी एकताको तयारीमा रहेका दुई पार्टीले माधव नेपालको संयोजकत्वमा बैचारिक दस्तावेज लेखन कार्यदलले यसको तयारी गरेको हो ।
आइतबार बसेको कार्यदलको बैठकले सोमबारदेखि संयुक्तरुपमा दस्ताबेज लेख्ने निर्णय गरेको हो । बैठकले नारायणकाजी श्रेष्ठ, देवगुरुङ, र भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको दस्ताबेज लेखन उपसमिति समेत गठन गरेको माओवादी नेता शक्ति बस्नेतले बताएका छन् । उनका अनुसार दुवै पार्टीका दस्ताबेज भोली सम्म संकलन गरेर कार्यदलले दस्ताबेज लेखनको तयारी गर्ने भएको छ ।