अविश्वास प्रस्ताव पेस गर्दै मुख्यमन्त्री गुरुङविरुद्ध लगाइयो यस्ता आरोप
पोखरा, १३ बैसाख । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले संविधान उल्लघंन गर्ने संघीय सरकारको मतियार गण्डकी प्रदेश सरकार बनेको आरोप लगाएका छन् ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्ताव सभामा पेश गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने प्रयास गरेर संविधान मिचेको बताए । त्यसको प्रतिक्रिया प्रदेश सरकारमा पनि देखिएको उनको भनाई छ ।
संविधान उल्लघंन गर्ने संघीय सरकारको मतियार गण्डकी प्रदेश सरकार बनेर जनभावना विपरित गएका कारण अविश्वासको प्रस्ताव ल्याइएको उनले बताए । सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्तागर्दा पनि मुख्यमन्त्री सत्तामा टाँसिन खोजेको उनले आरोप छ ।
अविश्वासको प्रस्ताव आएपछि संसद अधिवेशन अन्त्य गरेर मुख्यमन्त्रीले अराजनीतिक काम गरेको उनको आरोप छ । पोखरेल प्रस्तावित मुख्यमन्त्री समेत हुन् ।