काठमाडौं उपत्यकामा बैसाख १६ देखि निषेधाज्ञा गर्ने तयारी, खाका बनाइँदै


२०७८ बैशाख १३ सोमबार १३:०९ बजे

काठमाडौं, १३ बैसाख । काठमाडौं उपत्यकामा निषेधाज्ञा लागु गर्न तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबीच सहमति भएको छ ।

उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज (सोमबार) बसेको बैठकले यहि बैसाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । निषेधाज्ञामा के गर्न पाइने र के गर्न नपाइने भन्ने खाका तयार भइरहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए ।

‘निषेधाज्ञा जारी गर्ने भन्ने भयो, अब के के खोल्न दिने के के नदिने र कसरी व्यवस्थापन गर्ने भन्ने खाका तयार हुँदैछ, त्यसपछि फेरि बैठक बसेर निर्णय सार्वजनिक गर्छौं’, प्रमुख जिल्ला अधिकारी पराजुलीले भने । खाका तयार भइसकेपछि गृहसचिव महेश्वर न्यौपानेसँग छलफल गरेर निर्णय सार्वजनिक गर्ने तयारी प्रजिअहरुको छ ।

संक्रमण फैलिन नदिन थप निर्णय गर्नका लागि प्रमुख जिल्ला अधिकारीहरुले सरकारलाई समेत सिफारिस गर्ने तयारी गरेका छन् । मन्त्रिपरिषद्बाट गर्नुपर्ने निर्णय के के हुनेछन् भनेर त्यो पनि खाका तयार भइरहेको उनले बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७