अनैतिक काम गर्ने ओली सरकारलाई राखिराख्नु ठीक हुँदैन : प्रकाशमान सिंह


२०७७ चैत २९ आइतबार ००:०९ बजे

काठमाडौं, २९ चैत । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नयाँ सरकार गठन नेपाली कांग्रेसको रहर नभई प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीले निम्त्याएको वाध्यता भएको बताएका छन् ।

उनले केपी शर्मा ओलीबाट भएका अलोकतान्त्रिक र असंवैधानिक कामलाई संशोधन गरेर चुनावमा जान कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न लागिएको बताएका छन् ।

कांग्रेसको नेतृत्वमा वैकल्पिक सरकार गठन आफूहरुको रहर नभएको समेत उनले बताए । ‘अनैतिक काम गर्ने सरकारलाई राखिराख्नु ठीक हुँदैन,’ आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कांग्रेस नेता सिंहले भने, ‘कांग्रेसले आफ्नै नेतृत्वमा वैकल्पिक सरकार गठन गरेर बाँकी रहेको समयमा अलोकतान्त्रिक किसिमले गठन गरेका, मनोनित गरेका, संविधानको भावनाविपरीत गरेका कामहरुलाई संशोधन गरेर चुनाव गराउनका लागि जोड दिनुपर्छ ।’

नेता सिंहले कतिपय कांग्रेस नेताहरुले पार्टीले गरेको निर्णय विपरीत अभिव्यक्ति दिने गरेको भन्दै त्यसले कांग्रेसलाई राम्रो नगर्ने बताए । ‘जनतालाई राहत दिने, संसदलाई सुचारु गर्ने भनेपछि त्यसमा इमान्दारिता त सबैमा हुनुपर्‍यो नि होइन भने त कांग्रेस पब्लिकको नजरमा खस्किँदै जान बेर छैन,’ उनले भने ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७