सात लाख लिएर इपीएस परीक्षा लेखिदिने लिम्बू पक्राउ


२०७७ पौष ८ बुधबार १४:५१ बजे

काठमाडौं, ८ पुस । महानगरीय अपराध महाशाखाले कोरियन भाषा परीक्षा इपीएसमा नक्कली परीक्षार्थी बन्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी घर भइ हाल काठमाडौंको कालोपुल बस्ने ५१ वर्षीय उत्तममान लिम्बू रहेका छन् ।

लिम्बूले बागबजारमा सेनसेग कन्सलट्यासी सञ्चालन गर्दै आएको खुलेको छ । कोरियन भाषा प्रशिक्षकको रूपमा काम गर्दै आएका उनले ईपीएस परीक्षामा सहभागी हुन आएका व्यक्तिहरूको प्रवेशपत्रमा आफ्नो फोटो टाँसी परीक्षा दिने गरेका छन् ।

लिम्बूले उत्तीर्ण भएका विद्यार्थीबाट प्रतिव्यक्ति ७ लाख रुपैयाँसम्म लिने गरेको महानगरीय अपराध महाशाखाका प्रमुख दीपक थापाले जानकारी दिएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७