नेकपा स्थायी कमिटीमा झलनाथको प्रस्ताव : माधव नेपाललाई नयाँ अध्यक्ष बनाऔं


२०७७ पौष ७ मंगलबार ०३:५३ बजे

काठमाडौं, ७ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल १२ वर्षपछि फेरि पार्टी नेतृत्वमा आउने भएका छन् ।

नेकपाको आजको स्थायी कमिटी वैठकमा नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टीकाे नयाँ अध्यक्षमा वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रस्ताव गरेका छन् । तत्कालीन एमालेको महासचिवबाट राजीनामा दिएका माधव नेपाल १२ वर्षपछि पार्टी नेतृत्वमा फर्किन लागेका हुन् ।

यस्तै आजको स्थायी कमिटी वैठकले असंवैधानिक र अलोेकतान्त्रिक रुपमा संसद विघटन गरेका प्रधानमन्त्री तथा नेकपाका वर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गर्ने समेत निर्णय गरेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७