राष्ट्रपतिको कार्य पनि अत्यन्तै खेदजनक : माधव नेपाल {भिडियाे}


२०७७ पौष ६ सोमबार १३:०८ बजे

काठमाडौं, ६ पुस । नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रपतिको संसद विघटन गर्ने कार्य अत्यन्तै खेदजनक भएको बताएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै उनले अलोकतान्त्रिक र असंवैधानिक तरिकाबाट प्रधानमन्त्री र राष्ट्रपतिले संसद विघटनको घोषणा गर्ने राष्ट्रपतिको कार्य पनि खेदजनक भएको बताएको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटन संविधानविपरीत भएकाले त्यो स्वेच्छाचारी कदमलाई आफूहरूले नमान्ने उनले बताए।

उनले संसद विघटनको घोषणा आफुहरुलाई मान्य नभएको बताएका छन् । उनले गैरलोकतान्त्रिक र असंवैधानिक कदम सच्चयाउन सवै उपाय अपनाइने उल्लेख गरे । नेता नेपालले संसद बिघटन गर्ने कुनै प्रावधान संविधानमा नरहेको पनि बताए ।

https://youtu.be/aNeIVcE0V0o

‘क्याबिनेटको सिफारिसमा राष्ट्रपतिबाट जे गरियो त्यो गलत छ। यो नेकपाका सांसदहरूको मात्र होइन अरूको पनि भावना पनि विपरीत छ,’ नेपालले भने,‘हामी प्रतिनिधि सभा विघटन मान्न तयार छैनौं। किनकी ९० जना सांसदले सभामुख र महासचिवलाई हस्ताक्षर बुझाउनु भएको छ। तीन जनाको नाम त छुटेको छ।’

बरिष्ठ नेता नेपालले ओलीमा एकाधिकारवादी चिन्तन, मैले जे गर्छु ठीक गर्छु भन्ने सोच, गल्ती आलोचना नस्वीकार्ने स्वभाव, बैठक गर्न नचाहने, अर्का अध्यक्षको अधिकार खोस्ने, अध्यक्ष र पार्टीका कमिटीको मानमर्दन गर्ने, बहुमतको निर्णय स्वीकार्न तयार नहुने, पार्टीको विधान मान्नु नपर्ने सोच रहेको बताए।

‘उहाँ एकता प्रक्रिया भंग गर्ने पक्षमा देखिनु भयो। संसद विघटन हुन्न हुन्न होला जस्तो भन्ने लागेको थियो। उहाँले गरिदिनुभयो,’ नेपालले भने।

उनले यो आन्दोलन र पार्टी कुनै एउटा व्यक्तिका लागि नसकिने उल्लेख गर्दै भ्रममा परेकाहरूलाई पनि आफूहरूले सम्झाउनु पर्ने बताए।

उनले प्रतिपक्षी र अरु पार्टीसमेत संसद विघटनको विपक्षमा रहेको तर्क गरे ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७