ओलीलाई अनुशासनको कारबाही गर्ने नेकपा स्थायी कमिटीको निर्णय


२०७७ पौष ५ आइतबार २३:४६ बजे

काठमाडौं, ५ पुस । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासन उल्लङ्घन गरेको भन्दै कारबाही गर्ने निर्णय गरेको छ ।

आइतबार साँझ बालुवाटारमा बसेको नेकपाको स्थायी कमिटी बैठकले अनुशासनको कारवाही गर्न केन्द्रीय कमिटीमा प्रस्ताव लैजाने निर्णय गरेको स्थायी कमिटी सदस्य बेदुराम भुसालले बताए ।

सरकारको कदम असंवैधानिक, अलोकतान्त्रिक, स्वच्छाचारी भएको ठहर गर्दै त्यसको भर्त्सना गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । बैठकले पूर्वसभामूख कृष्णबहादुर महरालाई स्थायी कमिटीमा मनोनयन गर्ने निर्णय पनि गरेको छ । बैठकले ७ पुस गते केन्द्रीय कमिटी बैठक बस्ने निर्णय पनि गरेको छ ।

बैठकले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटनलाई असबैधानिक भन्दै यस विरुद्धमा देशव्यापी प्रतिवाद गर्ने निर्णय पनि गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७