संवैधानिक आयोगका रिक्त पदमा नियुक्ति, को कुन निकायमा (सूचीसहित)


२०७७ पौष ५ आइतबार ०८:४६ बजे

काठमाडौं, ५ पुस । संवैधानिक परिषद्को बैठकले विभिन्न संवैधानिक आयोगका रिक्त पदाधिकारीमा नियुक्तिको सिफारिस गरेको छ । परिषद्को गत मंसिर ३० र आजको बैठकले रिक्त विभिन्न पदमा नियुक्तिका निर्णय गरेको परिषद् सदस्य एवं राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

बैठकले अख्तियार दुरुपयोग अनुन्धान आयोगका रिक्त प्रमुख आयुक्तमा प्रेमकुमार राई तथा आयुक्तमा जयबहादुर चन्द र किशोरकुमार सिलवाल, निर्वाचन आयोगका आयुक्तमा रामप्रसाद भण्डारी र डा. जानकी तुलाधर, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्षमा तपबहादुर मगर तथा सदस्यमा मनोज दुवाडी, डा. सूर्य ढुङ्गेल र लिली बस्नेत थापालाई नियुक्ति सिफारिस गरेको छ ।

त्यस्तै राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोगका सदस्यमा जुद्धबहादुर गुरुङ र अमरराज मिश्र, राष्ट्रिय महिला आयोगका अध्यक्षमा कमलाकुमारी पराजुली तथा सदस्यमा कृष्णकुमारी पौडेल खतिवडा र रीताकुमारी सिन्हा एवं मुस्लिम आयोगका सदस्यमा मोहमुद्धिन अली र निर्जा अरसत बेगको नाम सिफारिस भएको छ । उक्त निर्णयबारे परिषद्को सचिवालयले संसद् सचिवालयलाई जानकारी गराएको जनाइएको छ ।

यी हुन् नियुक्तिका लागि सिफारिस भएकाहरु

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

प्रेमकुमार राई (प्रमुख आयक्त)

जयबहादुर चन्द (आयुक्त)

किशोरकुमार सिलवाल (आयुक्त)

निर्वाचन आयोग

वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी (आयुक्त)

डाक्टर जानकी तुलाधर (आयुक्त)

राष्ट्रिय मानव अधिकार आयोग

तपबहादुर मगर (अध्यक्ष)

मनोज दवाडी (सदस्य)

डा सूर्य ढुङ्गेल (सदस्य)

लिली बस्नेत थापा (सदस्य)

मिन ठाकुर (सदस्य)

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग

जुद्ध गुरुङ (सदस्य)

अमरराज मिश्र (सदस्य)

महिला आयोग

कमलाकुमारी पराजुली (अध्यक्ष)

कृष्णकुमारी पौडेल खतिवडा (सदस्य)

विद्याकुमारी सुनार (सदस्य)

दलित आयोग

देवराज बिक (अध्यक्ष)

मिना शोब (सदस्य)

परशुराम रम्तेल (सदस्य)

कुञ्ज बराइली (सदस्य)

मेहेने पार्थी (सदस्य)

समावेशी आयोग

मानप्रसाद खत्री (अध्यक्ष)

रामकृष्ण तिमिल्सिना (सदस्य)

हरिदत्त जोशी (सदस्य)

आदिवासी जनजाती आयोग

रामबहादुर थापा (अध्यक्ष)

मिनश्रीस मगर (सदस्य)

मिनचुङ लामा (सदस्य)

रिमा राना (सदस्य)

शरण राइ (सदस्य)

मधेशी आयोग

जीवत्व साह (सदस्य)

रेणुदेवी साह (सदस्य)

विजय गुप्ता (सदस्य)

थारु आयोग

विकास चौधरी (सदस्य)

बबिता चौधरी(सदस्य)

सुबोध सिंह (सदस्य)

भोलाराम चौधरी (सदस्य)

मुस्लिम आयोग

मोहम्मदिन अलि (सदस्य)

मिर्जा अरसद बेग (सदस्य)

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७