संसद भंगपछि सुरक्षा निकाय ‘हाई अलर्ट’ मा


२०७७ पौष ५ आइतबार १०:२९ बजे

काठमाडौं, ५ पुस । राष्ट्रपतिबाट प्रतिनिधिसभा भंग गरेसँगै उत्पन्न हुने सक्ने सम्भावित परिस्थतीलाई ध्यान राखेर सशस्त्र प्रहरी र नेपाल प्रहरीले राजधानीमा सुरक्षा तैनाथी बढाएका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले देशभर ‘हाई अलर्ट’ बस्न भन्दै सर्कुलर गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेपछि सुरक्षा निकायलाई ‘हाई अलर्ट’ राखिएको गृह मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटार, बालुवाटारको भाटभाटेनी क्षेत्र, राष्ट्रपति निवास आसापास, विभिन्न राजनीतिक दलका कार्यालय आसपास र माइतीघर क्षेत्र लगायतका स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थितीको बढाइएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७