कोरोनाबाट बुटवलमा थप एक महिलाको मृत्यु


२०७७ मङ्सिर ११ बिहीबार १३:२१ बजे

बुटवल, ११ मंसिर । कोरोना भाइरस संक्रमणबाट बुटवलस्थित कोरोना विशेष अस्पतालमा बिहीबार बिहान थप एक महिलाको ज्यान गएको छ ।

मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–९ की ८५ वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

गौतमका अनुसार गत कात्तिक १४ गते संक्रमण पुष्टि भएकी ती महिलालाई २८ गते अस्पतालमा भर्ना गरिएको थियो । उनको बिहान २ बजेर ४३ मिनेटमा मृत्यु भएको हो । मृतकमा मधुमेह र निमोनियाको समस्या रहेको गौतमले जानकारी दिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७