प्रदेश-५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने भएपछि रुपन्देहीमा आन्दोलन


२०:२२ बजे

रुपन्देही, १६ असोज । प्रदेश-५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रस्ताव अघि बढेपछि कांग्रेस रुपन्देही प्रदर्शनमा उत्रिएको छ ।

आज (शुक्रबार) प्रदेशसभा बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीले राजधानी र नामकरण निर्धारणसम्बन्धी कार्यविधि पेस गरेर प्रस्ताव अगाडि बढाएपछि कांग्रेसका कार्यकर्ताले सडकमा प्रदर्शन गरेका हुन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले रुपन्देहीलाई अस्थायी राजधानी तोकेकोले स्थायी राजधानी सोही ठाउँलाई बनाउनु पर्ने माग गर्दै उनीहरु विरोधमा उत्रिएका हुन् ।

कांग्रेस जिल्ला सभापती अब्दुल रज्जाकद्वारा विज्ञप्ति जारी गर्दै बहुसंख्यक जनताको केन्द्र, पूर्वाधारका हिसाबले उपयुक्त रुपन्देहीबाट राजधानी सारेर दाङ लैजाने नेकपा सरकारको निणर्यप्रति कठोर आन्दोलन शुरु भएको बताएका छन् ।

यसैबीच प्रदेश-५ को राजधानी दाङको भालुवाङ लैजाने सरकारको निणर्यपछि नेपाल विद्यार्थी संघले पनि बुटवलमा विरोध प्रदर्शन गरेको छ । शुक्रबार प्रदेशसभा बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीले राजधानी र नामाकरण निर्धारणसम्बन्धी कार्यविधि पेस गरेर प्रस्ताव अघि बढाएपछि नेविसंघले बुटवलका विभिन्न स्थानमा टायर बालेर नारा जुलुस शुरु गरेको हो ।

बुटवलको अस्पताल लाइनमा विरोध प्रदर्शन भइरहेको छ । प्रदेशसभा भवन अगाडि कालिकापथमा एक गाडीमा समेत तोडफोड गरेको जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७