च्याम्पियन्स लिग ड्र : समूह चरणमै मेस्सी र रोनाल्डोको भिडन्त
काठमाडौं, १६ असोज । च्याम्पियन्स लिगको नयाँ सिजनको ड्र सार्वजनिक भएको छ । क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी एकै समूहमा परेका छन् । युभेन्टस र बार्सिलोना समूह जीमा परेका हुन् ।
यस्तै डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिख एथ्लेटिको म्याड्रिडसँगै समूह एमा परेको छ । रियल म्याड्रिठ इन्टर मिलानसँगै समूह बीमा परेको छ ।
म्यान्चेस्टर युनाइटेडले सबैभन्दा कठिन समूह पाएको छ । समूह एचमा युनाइटेडसँगै पेरिस सेन्ट जर्मेन र आरबी लेइपजीग रहेको छ । लिभरपुल आयाक्ससँगै समूह डीमा रहेको छ ।
चेल्सी युरोपा लिग विजेता सेभियासँगै एकै समूहमा रहेका छ समूह डीमा म्यान्चेस्ट सिटीसँगै पोर्टो र मार्से रहेको छ । एजेन्सी