वाम एकता : राष्ट्रपति–प्रचण्ड मिले, ओली एक्लिए !


१०:३९ बजे
काठमाण्डौं, २३ माघ : वाम एकतामा ढिलाइ भइरहेका बेला विभिन्न क्षेत्रबाट शंका–उपशंकाका विचारहरु बाहिर आइरहेका छन् । अहिले पार्टी एकतामा अड्चन देखिएको हो कि भन्ने आशंका बढिरहेका बेला वाम एकताप्रति राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको विचार मिलेको खबर राजनीति क्षेत्रमा चर्चाको विषय बनिरहेको छ । राष्ट्रपति र माओवादी केन्द्रका अध्यक्षको विचार मिलेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीको विचार चाहीं एक्लिएको हो त ? भन्ने जिज्ञासा पनि बढिरहेको छ । प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एउटा पद प्रचण्डलाई दिने पूर्व सहमतिबाट एमाले अध्यक्ष केपी ओली पछि हटेको माओवादी नेताहरुको भनाईले पनि यो कुरालाई बल पुर्‍याएको देखिन्छ । पार्टी र सरकारको नेतृत्व एउटै व्यक्तिमा अन्तरनिहीत हुनुपर्छ भन्ने एमाले महासचिव ईश्वर पोखरेलकै लाइनमा ओली उभिएपछि माओवादी नेता झस्किएका छन् । एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच माघ दोस्रो साता वान टु वान वार्ता भएको थियो । लगतै ओली निबास बालकोटमा बसेको पार्टी एकता संयोजन समितिको बैठकमा दुबै नेताले आफूहरुबीच अनौपचारिक छलफल आवश्यक भएको सुनाएका थिए । ‘केपी ओलीजीले महाधिवेशनपछि मात्रै अध्यक्ष पद हस्तान्तरण गर्छु भन्नुभयो, प्रधानमन्त्री पनि आफैं चलाउँछु भन्नु भयो’ दुई पार्टीबीचको एकता प्रक्रियामा सहभागी हुँदै आएका एक माओवादी नेताले भने, ‘ओलीजीले मुलुक र पार्टीलाई एउटा दिशानिर्देश गरिसकेपछि मात्रै अध्यक्षको जिम्मेवारी हस्तान्तरण गर्ने ईच्छा व्यक्त गर्नुभएको छ ।’ ओलीले जबजको लाइनमा पनि अडान यथावत राख्ने बताएपछि आफूहरु आश्चर्यमा परेको एक माओवादी नेताले बताएका छन् । यता भारतीय विदेशमन्त्री सुष्मा स्वराज दिल्ली फर्किएको भोलिपल्ट राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा केपी ओली र प्रचण्डसँग ‘लञ्च’ सहित छलफल गरेकी थिइन् । छलफलमा राष्ट्रपति भण्डारीले पार्टी अध्यक्ष र प्रधानमन्त्री पद बाँडफाँट गरेर भए पनि मिल्न प्रचण्ड र ओलीलाई आग्रह गरेकी थिइन् । तर, ओलीले यो प्रस्ताव अस्वीकार गरेको माओवादी स्रोतले बताएको छ । स्रोतका अनुसार राष्ट्रपति पनि प्रचण्डलाई पार्टी अध्यक्ष दिएर भए पनि वाम एकता गर्नु प¥यो भन्ने लाइनमा देखिए । तर ओलीआगामी महाधिवेशनबाट मात्रै जिम्मेवारी हस्तान्तरण गर्न तयार देखिएका छन् । स्रोतका अनुसार एमाले अध्यक्ष ओली प्रचण्डलाई सहअध्यक्षमा मनाउन प्रयासरत छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७