२०७५ सालको पात्रो स्वीकृत : मंसिरमा बिहेको साइत एकदिन मात्र, कुन चाड कहिले ?


०३:५६ बजे
काठमाडौं, २३ माघ : नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७५ का लागि १३ वटा पात्रो (पञ्चाङ्ग) लाई प्रकाशनको स्वीकृति दिएको छ । समितिको अध्यक्ष, सदस्य सचिव र ७ सहित ९ जनाको समितिले तयार पारेको पात्रो प्रकाशनको लागि स्वीकृति दिएको हो । आगामी वर्षको दशैं र तिहार दुबै कात्तिक महिनामा परेका छन् । दशैंको टीका कात्तिकमा परे पनि नौरथा चाहिँ असोजबाटै सुरु हुन्छ । पात्रो अनुसार २०७५ सालको दशैं असोज २४ गतेदेखि शुरू हुनेछ । विजयादशमी भने कात्तिक २ गते परेको छ । यसैगरी ३० गते फूलपाती, ३१ गते महाअष्टमी, १ गते महानवमी पर्व परेको छ। कात्तिक १९ गतेदेखि शुरू हुने तिहारअन्तर्गत २१ गते लक्ष्मीपूजा, २२ गते गोवर्धन एवम् म्ह पूजा र २३ गते भाइटीका रहेको छ । नयाँ सालमा वैशाख १ गते शनिबार नयाँ वर्ष, ११ गते लोकतन्त्र दिवस, १६ गते बुद्ध जयन्ती, जेठ १५ गते गणतन्त्र दिवस, साउन ११ गते गुरु पूर्णिमा, ३१ गते नागपञ्चमी, भदौ १० गते जनै पूर्णिमा, ११ गते गाईजात्रा, १७ गते कृष्ण जन्माष्टमी र २७ गते हरितालिका तीज परेको छ । यस्तै असोज ३ गते संविधान दिवस, ७ गते इन्द्रजात्रा, मंसिर १० गते क्रिसमस, माघ २७ गते वसन्तपञ्चमी, फागुन २० गते महाशिवरात्री, चैत ६ गते फागु पूर्णिमा र २२ गते घोडेजात्रा रहेका छन् । २०७५ सालको जेठमा मलमास परेकाले चाडपर्वहरू झन्डै एक महिनापछि सरेको अध्यक्ष गौतमले जानकारी दिए । सो समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलका अनुसार २०७५ सालमा सूर्य ग्रहण नपरे पनि असार पूर्णिमामा चन्द्रग्रहण लाग्नेछ । विवाहको लगन फागुनमा २०७५ सालमा विवाहको महिना मानिने मंसिरमा भने एक दिनमात्रै साइत परेको छ । विवाहको लगन फागुनमा धेरै परेको छ । ‘सूर्य पञ्चाङ्ग’का अनुसार मंसिर महिनामा २९ गते मात्रै विवाहमूहूर्त छ । बैशाखमा ५,६,१६ र २८ गते गरी चार दिन विवाहमूहूर्त छ भने असारमा ६, ७, ९, ११, १५, र १६ गते छ । माघमा १० दिन बिहेको साइत छ । पात्रो अनुसार माघ ३, ४, ८, ९, ११, १३, १४, १५, २६ र २७ गते बिहे गर्न साइत जुर्छ । ०७५ साल फागुनमा सबैभन्दा धेरै, अर्थात् झण्डै आधा महिना (१३) दिन विवाहको साइत जुरेको छ । फागुन १, २, ७, ८, ९, १०, १३, १४, २३, २४, २५, २८ र २९ गते बिहेको साइत जुरेको छ । व्रतबन्धको साइत जम्मा चार दिन आगामी वर्ष व्रतबन्धका लागि निकै कम साइत जुरेको छ । ‘सूर्य पञ्चाङ्ग’का अनुसार असारमा ८ र २१ गते अनि माघ २७ र फागुन ९ गते मात्रै व्रतबन्धको साइत जुरेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७