थप २१० जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १९ हजार २७३ पुग्याे
काठमाडौं, १४ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप २१० जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना निको हुनेको संख्या १४६ रहेको जानकारी दिए । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै कुल संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ ।
उनका अनुसार हालसम्म १४ हजार २१ जना कोरोना निको भएका छन् । कुल कोरोना निको हुने संख्या ७२ दशमलव ७ प्रतिशत रहेको उनले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा छ हजार ३७ जनाको आरटी पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । क्वारेन्टिनमा १४ हजार ४७१ जना रहेका छन् । हाल सक्रिय संक्रमितको संख्या पाँच हजार २०३ रहेको छ ।
पछिल्लो सात दिनको कोरोना संक्रमितको तथ्याङ्कअनुसार साउन ८ गते १४७ जना, साउन ९ गते १३३ जना संक्रमित साउन १० गते १०९ जना, साउन ११ गते १३० जना साउन १२ गते १३९ जना, साउन १३ गते ३११ जना कोरोना संक्रमित थपिएका थिए ।