ओलीको सचिवालयले भन्यो, ‘बालुवाटारमा औपचारिक बैठक होइन, ब्रिफिङ मात्रै’


२०७७ श्रावण १३ मंगलबार १५:४७ बजे

काठमाडौं, १३ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) का लागि तय भएको बैठक स्थगित भएपछि कुनै औपचारिक बैठक नभएको बताएका छन् ।

मंगलबार ११ बजेका लागि तय भएको बैठक अध्यक्ष ओलीले एकतर्फीरुपमा स्थगित गरेको भनी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा बालुवाटारमै जारी ‘बैठक नभई आपसी भेला’ मात्र भएको ओलीको सचिवालयले दावी गरेको छ । प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत करिब ३० जना नेता बालुवाटारमा छन् ।

‘आजको बैठक स्थगित भएको हो । प्रचण्डले प्रधानमन्त्रीसँगको परामर्श गरेपछि त्यसबारे त्यहाँ उपस्थित नेताहरुलाई ब्रिफिङ गर्नु भएको हो औपचारिक बैठक होइन,’ पार्टी प्रचार विभागका उपप्रमुख तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने ।

थापाले पार्टी महासचिव विष्णु पौडेल पनि सो बैठकमा सहभागी नभएको बताएका छन् । तर ओली इतर समूहले भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा स्थायी कमिटी वैठक अगाडि बढिरहेको जनाएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७