कोरोनाबाट विश्वमा पाँच लाख ७१ हजार भन्दा बढीको मृत्यु

काठमाडौं, २९ असार । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ७१ हजार ६८९ पुगेको छ ।
साथै यस संक्रमणबाट विश्वभर १ करोड ३० लाख ४२ हजार ३४० जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।
नेपाली समयानुसार सोमबारसम्म प्राप्त समाचार अनुसार कोरोना भाइरसका कारण बिरामी भएका ७५ लाख ८८ हजार ५१० जना निको भएका छन्.। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४८ लाख ८२ हजार १४१ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५८ हजार ६५२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३४ लाख १३ हजार ९९५ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ३७ हजार ७८२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा २८ लाख ९४ हजार ६११ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ५ हजार २०९ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४० लाख ७१४ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ८६ हजार ९० जनाको मृत्यु भएको छ ।
युरोपमा २५ लाख ७१ हजार ६९८ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९६ हजार ५८१ को मृत्यु भएको छ । एसिया २९ लाख ६४ हजार ६९३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ७० हजार ३७८ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा ५ लाख ९८ हजार २५९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १३ हजार २८६ जनाको मृत्यु भएको छ । ओसियानामा ११ हजार ६४४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १३० जनाको मृत्यु भएको छ ।
यी हुन् कोरोनाबाट सबैभन्दा धेरैको ज्यान गएका ११ देश
१. अमेरिकाः हालसम्म १ लाख ३७ हजार ७८२ को मृत्यु
२. ब्राजिलः हालसम्म ७२ हजार १५१ को मृत्यु
३. बेलायतः हालसम्म ४४ हजार ८१९ को मृत्यु
४. मेक्सिकोः हालसम्म ३५ हजार ६ को मृत्यु
५. इटलीः हालसम्म ३४ हजार ९५४ को मृत्यु
६. फ्रान्सः हालसम्म ३० हजार ४ को मृत्यु
७. स्पेनः हालसम्म २८ हजार ४०३ को मृत्यु
८. भारतः हालसम्म् २३ हजार १९४ को मृत्यु
९. इरानः हालसम्म १२ हजार ८२९ को मृत्यु
१०. पेरुः हालसम्म ११ हजार ८७० को मृत्यु
११. रुसः हालसम्म ११ हजार ४३९ को मृत्यु
रासस–एएफपी