राजेन्द्र राईले भने, ‘कोमल वलीसँग जोडेर जबजको भद्दा बिरोध नगरौं’


२०७४ माघ १२ शुक्रबार ०३:११ बजे
काठमाडौं, १२ माघ :  नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा प्रदेशसभाका सदस्य राजेन्द्र राईले गायिका कोमल वलीसँग जोडेर एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादको बिरोध गर्नु गलत भएको बताएका छन् । वलीसँग जबजलाई मिसाउने, जबजको खिल्ली उडाउने, जबजप्रति अनास्था पैदा गर्ने तरिका अनुचित भएको उनको तर्क छ । नेता राईले शुक्रबार फेसबुकमा लेखेका छन्,‘जबजको बिरोधको यस्तो तरिका अराजनितिक, अराजक हो र यस्तै अराजनीतिकता, अराजकतामा कोमल वलीहरूका लागि स्पेस तयार हुनेछ ।’ एमालेले कोमल वलीलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेपछि एमालेभित्र चर्को बिरोध छ । पार्टी सदस्यता समेत नपाईसकेकालाई महत्वपूर्ण र आकर्षक पदमा पठाउने निर्णयको विरोध स्वभाविक भए पनि त्यसमा जबज मिसाउन गलत हुने उनको तर्क छ । उनी लेख्छन्, ‘दर्जनौँ पुराना, त्यागी र सक्षम नेता, कार्यकर्ताहरूको विकल्प हुँदाहुँदै पार्टी सदस्यता समेत नपाईसकेकालाई त्यति महत्वपूर्ण र आकर्षक पदमा पठाउने निर्णयको विरोध हुनु अस्वभाविक होइन तर त्यस्तो विरोधमा जबजलाई मिसाउने, जबजको खिल्ली उडाउने, जबजप्रति अनास्था पैदा गर्ने तरिका र कामलाई किमार्थ स्वभाविक र उचित मान्न सकिन्न ।’ वलीलाई प्रदेश नम्बर ५ बाट राष्ट्रिय सभाको लागि सिफारिस गरिएको थियो । उनी निर्बिरोध भइसकेकी छिन् । प्रदेश नम्बर ५ मा योगदान गरेका पुराना महिला नेतृहरु हुदा हुदै वलीलाई सिफारिस गरिएको थियो । वलीको सन्दर्भमा पार्टीभित्र नै नेता तथा कार्यकर्ता विभाजित छन् । केही पक्तिले वलीको समर्थन गरीरहेका छन्, भने केहीले बिरोध जारी राखेका छन् ।   राजेन्द्र राईकाे स्टाटस :- जबजको को पर्छिन् कोमल ओली? राष्ट्रिय सभाका लागि कोमल ओलीलाई उम्मेद्वार बनाउने एमाले नेतृत्वको निर्णय धेरैका लागि पाच्य भएन, दर्जनौँ पुराना, त्यागी र सक्षम नेता, कार्यकर्ताहरूको विकल्प हुँदाहुँदै पार्टी सदस्यता समेत नपाईसकेकालाई त्यति महत्वपूर्ण र आकर्षक पदमा पठाउने निर्णयको विरोध हुनु अस्वभाविक होइन तर त्यस्तो विरोधमा जबजलाई मिसाउने, जबजको खिल्ली उडाउने, जबजप्रति अनास्था पैदा गर्ने तरिका र कामलाई किमार्थ स्वभाविक र उचित मान्न सकिन्न । बुझ्नु के जरुरी छ भने, १) जबजको बिरोधको यस्तो तरिका अराजनितिक, अराजक हो र यस्तै अराजनीतिकता, अराजकतामा कोमल ओलीहरूका लागि स्पेस तयार हुनेछ । २) जबज त्यति कम्जोर चीज होइन जो यस्ता खाले छड्के, चोरी दाउवाला बिरोध र आक्रमणले धराशायी होस् । त्यसैले बन्द गरौँ जबजको भद्दा बिरोध ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७