थानकोट प्रहरी बृतद्वारा १४ सय लिटर भन्दा बढि घरेलु मदिरा नष्ट {भिडियाे}

काठमाडौं, १९ जेठ । महानगरीय प्रहरी बृत थानकोटले लकडाउनको अवधिमा १४ सय लिटर भन्दा बढि घरेलु मदिरा नष्ट गरेको छ ।
लकडाउनको अवधिमा घरेलु मदिरा बनाउने २३ स्थानमा छापा मारेको र १४ सय १० लिटर बढि घरेलु मदिरा नष्ट गरिएको महानगरीय प्रहरी बृत थानकोटका प्रमुख घनश्याम श्रेष्ठले जानकारी दिए । सो क्रममा १६ हजार ७ सय लिटर घरेलु मदिरा बनाउने कच्चा पदार्थ नष्ट गरिएको उनले बताए ।
https://youtu.be/Z3XaXRzVtoM
चन्द्रागिरी नगरपालीका लगाएतका स्थानमा शान्ति सुरक्षा कायम गर्नका लागि बृत निरन्तर लागिपरेको उनले बताए।