कोही भोकै नपरोस्, राहत वितरण लक्षित समुदायमा पुर्‍याउ : अष्टलक्ष्मी शाक्य


२०७७ बैशाख १० बुधबार ०३:३० बजे

काठमाडौँ, १० वैशाख । नेकपाको स्थायी कमिटी सदस्य तथा प्रदेश सभा सदस्य अष्टलक्ष्मी शाक्यले राहत वितरण लक्षित समुदायमा पुर्‍याउन ध्यानदिनुपर्ने बताएकी छिन् ।

विश्वमा महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को विषयमा बुधवार काठमाडौँ महानगरको वडा १५ मा छलफलमा उनले कोही पनि जनता भाकै नपार्नका लागि राहत वितरण कार्य लक्षित समुदायमा पुर्‍याउनुपर्ने बताएकी हुन् ।

यस्तै उनले काठमाडौँमा समस्या परेकालाई घर पठाउने व्यवस्था पनि मिलाउनुपर्ने बताइन् । उनले भनिन्,‘समस्या परेकालाई घर पठाउने व्यवस्था पनि मिलाउनुपर्छ, कोही भोकै नपरोस् र राहत वितरण कार्यलाई लक्षित समुदायमा पुर्‍याउन ध्यान दिनुपर्छ ।’’

यस्तै उनले पार्टीका सबै सदस्यहरू आ–आफ्ना टोलहरूमा कोभिड १९ को मापदण्ड पालन गरी रोगबाट बचाउन र जनताको समस्या समाधान गर्न सहयोग गर्ने कार्यमा लाग्न पनि आह्वान गरिन् ।

छलफल कार्यक्रममा बाग्मती प्रदेश कमिटी सदस्य सरिता महर्जन, वडा अध्यक्ष एवं महानगर प्रवक्ता ईश्वरमान डङ्गोल लगायतका नेता र कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रम सामाजिक दुरी कायम गरी सबैले मास्क लगाएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७