बेतना सिमसारलार्इ तोप बाजको बच्चा हस्तान्तरण


२०७४ पौष ३० आइतबार १७:५३ बजे

बेलबारी : बेलबारीको बेतना सिमसार क्षेत्रमा संरक्षणको लागि तोप बाजको बच्चा हस्तान्तरण गरेका छन् । सन्जय गुरुङको नेतृत्वमा स्थानीयले तोप बाज चरा सिमसारलाई हतान्तरण गरेको हो । यो नेपालमा पाइने एक बाज प्रजातिको चरा हो । बेलबारी वडा नं. ४ स्थाई बसोबास गर्ने गुरुङले बाजको बच्चा घाइते अवस्थामा फेला परे पछि संरक्षणको लागि बेतना सिमसार सामुदायिक वनलाई हस्तान्तरण गरेको उनले बताए । बेलबारी बेतना सिमसार पर्यटकीय स्थल मात्र नभएर जङ्गली जनावरको संरक्षण केन्दको्र रूपमा पनि स्थापित हुँदैछ । बेतनामा पर्यटकहरू विशेष गरी यस चिसो मैसममा हजारैको सङ्ख्यामा सिमसारको सुन्दरता हेर्न साथै पिकनिक कार्यक्रमको आयोजना गरेर आउने गर्दछन् । बेतनामा संरक्षणको लागिे विभिन्न जङ्गली जनावर तथा पन्छीहरू राखिएको छ । बेलबारीका स्थानियहरुले मात्र नभएर अलपत्र परेका, घाइते भएका जङगली जनावर, पन्छी लगायत अन्य जनवारहरु छिमेकी नगरपालिका साथै जिल्लाबाट पनि संरक्षणको लागि हस्तान्त्रण गर्ने गरेको बेतना सिमसार सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष डम्बर बस्नेतले बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७