नेपाली प्रहरीद्धारा उपत्यकाका १६ स्थानमा पानी तथा साबुनको व्यवस्था

काठमाडौं, ९ चैत । नेपाल प्रहरीले काठमाडौँका बिभिन्न स्थानमा सावुन पानी अभियान सुरु गरेको छ ।
https://www.facebook.com/nayapages/videos/790830008075170/
काठमाडौं उपत्यकाका विभिन्न १६ स्थानमा सरसफाइका लागि पानी तथा साबुनको व्यवस्था गरिएको हो ।
मानिसको जमघट बढी हुने काठमाडौँका तीन स्थान तथा अस्पतालहरुमा पानीको ट्यांकी तथा साबुनको व्यवस्था गरिएको हो ।
महानगरीय प्रहरी कार्यालयले गौशाला, बानेश्वर र जमलका सार्वजनिक स्थलमै सावुन पानीको व्यवस्था गरेको छ भने १३ अस्पतालहरुमा पानी ट्यांकी र साबुनको व्यवस्थापन गरीएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले जानकारी दिए ।
हातधुने अभियान सफल हुँदै गए अन्य स्थानहरुमा विस्तार गर्दै जाने प्रहरीलले जनाएको छ ।