ज्याक माले कोरोनाविरुद्ध लड्न नेपालसहित १० देशलाई स्वास्थ्य सामग्री दिने


२०७६ चैत ८ शनिबार १३:२७ बजे

काठमाडौं, ८ चैत । अलीबाबा ग्रुपका पूर्व कार्यकारी अध्यक्ष तथा चिनियाँ व्यावसायी ज्याक माले नेपालसहित १० देशलाई कोरोना भाइरसविरुद्धको उपचारका लागि आपत्कालीन स्वास्थ्य सामग्री दिने घोषणा गरेका छन् ।

ज्याक माले आफ्नो ट्वीटमार्फत १८ लाख मास्क, २ लाख १० हजार टेस्ट किट, ३६ हजार प्रोटेक्टिभ सुट, भेन्टिलेटर्स र थर्मोमीटरलगायतका सामग्री सहयोग गर्ने बताएका छन् ।

उनले नेपालसँगै अफगानिस्तान, बंगलादेश, कम्बोडिया, लाओस्, माल्दिभ्स, मंगोलिया, म्यान्मार, पाकिस्तान र श्रीलंकामा यस्तो सहयोग गर्ने लेखेका छन् ।

यी सामग्री चाँडै पुर्‍याउन सहज नहुने तर पुर्‍याई छाड्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् । ज्याक माको ज्याकमा फाउण्डेसनले यसअघि चीनसँगै अमेरिका र दक्षिण अफ्रिकामा पनि यस्तो मानवीय सहयोग गरेको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७