कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन श्रीलङ्कामा कफ्र्यू घोषणा
कोलम्बो, ७ चैत (एएनआई)। श्रीलङ्कामा शुक्रबारदेखि सोमबारसम्मका लागि चारदिने कफ्र्यूको घोषणा गरिएको छ ।
राष्ट्रपति गोटावाया राजापाक्षेले शुक्रबार घोषणा गरेअनुसार शुक्रबार बेलुका ६ बजेदेखि नै कफ्र्यू लागू भएको छ ।
कफ्र्यू आगामी सोमबार बिहान ६ बजेसम्म जारी रहने राष्ट्रपतिको घोषणामा उल्लेख गरिएको छ ।
कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएकाले थप फैलिन नदिने उद्देश्यले कफ्र्यू घोषणा गरिएको अधिकारीहरूले बताएका छन् ।
श्रीलङ्कामा शुक्रबारसम्ममा ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको अधिकारीहरूले पुष्टि गरेका छन् । राष्ट्रपति राजापाक्षेले कोरोना नियन्त्रण गर्न दुई हप्ताका लागि अन्तरराष्ट्रिय हवाई सेवा पनि बन्द गरिएको घोषणा गरेका छन् ।
उनको घोषणासँगै श्रीलङ्का आउने विमान सेवा अवरुद्ध भएको छ भने विद्यालय तथा विश्वविद्यालयहरूमा बिदा दिइएको छ ।