देशभरका अदालत बन्द गर्ने सर्वोच्च अदालतको ‘फुल कोर्ट’ को निर्णय


२०७६ चैत ७ शुक्रबार ०४:०३ बजे

काठमाडौं, ७ चैत । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै देशभरका अदालतहरु बन्द हुने भएको छ ।

सर्वोच्च अदालतमा शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको ‘फुल कोट’ बैठकले देशभरका अदालतहरु दुई साताका लागि बन्द गर्ने निर्णय गरेको हो ।

अदालतहरु आगामी चैन २२ गतेसम्मका लागि बन्द गर्ने निर्णय भएको सर्वोच्च अदालत उच्च स्रोतले जानकारी दिएको छ । सर्वोच्च अदालत स्रोतका अनुसार बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य नियमित मुद्दाहरुको सुनवाई दुई साता रोकिने छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७