राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउण्टर जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा
सिन्धुली, ६ चैत । बागमती प्रदेश सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा न. ६ स्थित जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय वाणिज्य बैक लिमिटेडको २९औं एक्सटेन्सन काउण्टर तथा राजश्व सङ्कलन केन्द संचालनमा आएको छ ।
एक्सटेन्सन काउण्टरको उद्घाटन जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले गरे । शाखा कार्यालय सिन्धुलीमार्फत रहने सो एक्सटेन्सन काउण्टरबाट विभिन्न सरकारी कार्यालयबाट लिईने राजश्व, धरौटी, सेवा शुल्क, दस्तुर, कर्मचारी संचय कोष, नागरिक लगानी कोष लगायतको रकम जम्मा गर्न सकिने छ ।
सो अवसरमा शाखा कार्यालय सिन्धुलीका शाखा प्रवन्धक खिलराज भट्टराई, सहायक शाखा प्रबन्धक बिनोद ओझा, जिल्ला प्रशासन कार्यालय सिन्धुलीका कर्मचारीहरुको लगायतको उपस्थिति रहेको थियो ।