बेलबारी जेसिजको अध्यक्षमा राजन प्रसाई


०१:४३ बजे

बेलबारी : मोरङको बेलबारीमा शनिवार भएको बेलबारी जेसिजको दोस्रो साधारण सभाबाट सन् २०१८ को अध्यक्ष राजन प्रसाई सर्वसम्मत  निर्वाचित भएका छन् । नयाँ कार्यसमितिको उपाध्यक्षमा कोषराज श्रेष्ठ, ध्रुवतारा घिमिरे, बिपिन आचार्य, र दिनेश गिरी चयन भएका छन् भने कार्यकारी उपाध्यक्षमा दिपेन्द्र खुलाल र राजेश खत्री चयन भएका छन् । यस्तै महासचिवमा राजेन्द्र अधिकारी साथै कानुनी सल्लाहकारमा नवराज सुवेदी चयन भएका छन् । बेलबारी जेसिजको ५१ सदस्य कार्यसमिति निमार्ण हुने नवनिर्वाचित सन् २०१८ का अध्यक्ष राजन प्रसाईले जानकारी दिएका छन् । नव निर्वाचित पधादिकारी साथै पूर्व कार्यसमितिका सदस्य लगायत बेलबारी युवाहरूको भेलाबाट, बाकी रिक्त ४२ जनामा विभिन्न बिभागिय संयोजन मनोनयन तथा सदस्य चयन गरिने अध्यक्ष प्रसाईले बताएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७