विश्वकप क्रिकेट खेल्न नेपाली टोली बसबाट पाकिस्तान प्रस्थान


१०:५१ बजे
काठमाडौं: जहाजको टिकट काट्ने पैसा नभएपछि रेल चढेर नेत्रहीन क्रिकेटको एकदिवसीय विश्वकप खेल्न हिँडेको नेपाली टोली रेल पनि नचलेपछि गाडी चढेर पाकिस्तानतर्फ प्रस्थान गरेको छ । नेत्रहीन विश्वकप क्रिकेट खेल्न पाकिस्तान जाने टोलीले हवाइजहाजको टिकट किन्ने पैसा नपाए पछि बिकल्पमा रेलमार्फत पाकिस्तान जाने भएको हो। बुधबार भारतको गोरखपुरबाट अमृतसर रेलमा जाने तयारी भए पनि मौसमको खराबीका कारण नेपाली टोली बसमै गएको टोलीका मिडिया अफिसियल अनिल मल्ल ठकुरीले जानकारी दिए। रेल नचल्दा केहीबेर अलपत्र परेको नेपाली टोली त्यहाँबाट बस ब्यवस्था गरेर पाकिस्तानतर्फ लागेको उनले बताए । । नेपाली टोलीको पहिलो खेल २४ गते छ, मौसम खराबका कारण रेल बेलैमा नछुट्दा पहिलो खेल नै गुम्ने सम्भावना बढेको छ । नेपालले ३ वटा खेल पाकिस्तानमा र २ वटा खेल दुवईमा खेल्नेछ । नेपालबाट पाकिस्तानको सीधा उडान नभएको, बंगलादेश या दुबइबाट पाकिस्तान जान जहाजका टिकट महगों पर्ने भएपछि पैसा जुटाउन नसक्दा नेपाली टोली भारतबाट रेल र बस चढेर पाकिस्तान गएको हो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७