२०७६ बैसाख २७ गते शुक्रबारको तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आफन्तको प्रगतिमा मन रमाउने छ । विद्या र बुद्धिको विकास हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । बौद्धिकताको विकास हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्ने छ । न्यायिक कार्यमा सफलता मिल्ने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
इच्छा र आकांक्षा पूर्ण हुनेछन् । छोटो दूरीको लाभदायक यात्रा हुनेछ । मित्र वा आफन्तको सहयोग मिल्ने छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्ने छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
कला र गलाको प्रभाव बढ्ने छ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
शुभकार्यको चर्चा चल्ने छ । परिश्रम गर्दा धनार्जन हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । कलकारखाना र बन्द व्यापारमा फाइदा हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । लगनशीलताले कामहरु अगाडि बढ्ने छन । मान प्रतिष्ठामा बृद्धि होला । धर्म, कर्म तथा समाजसेवामा मन लाग्ने छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्ने छ । मुद्दा मामिलामा सफलता मिल्ने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अनावश्यक यात्रा हुनेछ । दबाब र तनाव बढेको महसुस हुनेछ । प्रेमी प्रेमिकाका बीच खिन्नता बढ्ने छ । मनमा निरासा र शरीरमा आलस्य आउँला ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । शुभकार्यको चर्चा चल्ने छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमी प्रेमिकाका बी मनमुटाव बढ्न सक्ने छ । सौन्दर्यतामा धन खर्च हुनेछ । साँझपख शुभ समाचार आउन सक्छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पुनर्मिलनको योग पनि रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
गरेका कार्यमा ढिलासुस्ती हुनेछ । समयको सही सदुपयोग नहोला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । प्रेम प्रसङ्गमा समेत नरमाइलोपन आउन सक्छ ।
ज्यो.प. नारायणप्रसाद दुलाल